Logo

भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नजिक, १५ हजार बिरामी निको भएर घर फर्किए

भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नजिक, १५ हजार बिरामी निको भएर घर फर्किए



काठमाडौं । भारतमा बिहीबार बिहानसम्ममा कोरोना भाइरस संक्रमितको संख्या ५३ हजार नजिक पुगेको छ ।

हालसम्म कोरोनाबाट संक्रमितको संख्या भारतमा मात्रै ५२ हजार ९ सय ८७ जना पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या १७ सय ८५ जना पुगेको छ भने उपचार पछि निको भएर घर फर्कनेको संख्या १५ हजार ३ सय ३१ जना रहेको छ ।

भारतमा बुधबार मात्रै ३ हजार ५ सय ८७ जना नयाँ संक्रमित फेला परेका छन भने ९२ जनाले एकै दिन ज्यान गुमाउनु परेको थियो । पछिल्लो समयमा भारतमा अर्थतन्त्रलाई असर नपार्ने गरी सीमित रुपमा आवश्यक व्यवसाय पुनः खोल्ने निर्णयले संक्रमणको अर्को लहर निम्त्याउने चिन्ता बढाएको छ ।

महाराष्ट्र, गुजरात र दिल्ली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेका छन । महाराष्ट्रमा बुधबार १ हजार २ सय ३३ नयाँ केस पुष्टि भएसँगै त्यहाँ संक्रमित संख्या १६ हजार ७ सय ५८ पुगेको छ । महाराष्ट्रलाई गुजरातले पछ्याइरहेको छ । त्यहाँ बुधबारसम्म संक्रमित संख्या ६ हजार ६ सय २५ पुगेको छ । बुधवार दिल्लीमा ४ सय २८ नयाँ संक्रमित भेटिएसँगै त्यहाँको कुल संक्रमित संख्या ५ हजार ५ सय ३२ भएको छ ।

प्रतिक्रिया दिनुहोस्