Logo

दिल्लीमा रक्सी किन्नेहरुको लाइन लागेपछि सरकारले लगायो कोरोना विशेष शुल्क, रक्सीमा ७० प्रतिशतको मूल्यवृद्धि

दिल्लीमा रक्सी किन्नेहरुको लाइन लागेपछि सरकारले लगायो कोरोना विशेष शुल्क, रक्सीमा ७० प्रतिशतको मूल्यवृद्धि



काठमाडौं । भारतको दिल्लीमा सरकारले रक्सी विक्रीमा कोरोना शुल्क लगाएको छ । सोमबार बेलुका दिल्ली सरकारले रक्सीमा ७० प्रतिशतको कोरोना विशेष शुल्क लागू गरेको छ ।

सोमबार देशव्यापी लकडाउनमा केही राहत दिइएपछि दिल्ली सरकारले रक्सीको पसल खोल्ने निर्णय लिएको थियो । त्यसपछि रक्सी पसलहरुमा १ किलोमिटरसम्म लाइन लागेको थियो । यसलगत्तै बेलुका नै कोरोना शुल्क लगाउने निर्णय गरिएको हो ।

स्रोतलाई उद्धृत गर्दै पिटिआईले नयाँ मूल्य रक्सीको बोतलमा छापिएको एमआरपीमा लगाइने बताइएको छ जुन मंगलबार देखि लागू हुनेछ ।

कोरोनाभाइरसका कारण लगाइएको लकडाउनमा सरकारको निकै पैसा खर्च भइरहेको र यो कदमले सरकाले राजस्व पाउने अनुमान गरिएको छ । – बीबीसी

प्रतिक्रिया दिनुहोस्
MBL