Logo

यो बर्षभित्रै कोरोनाको भ्याक्सिन बनिसक्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी, वैज्ञानिकहरुको प्रशंसा

यो बर्षभित्रै कोरोनाको भ्याक्सिन बनिसक्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी, वैज्ञानिकहरुको प्रशंसा



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक बर्ष भित्रै कोरोना भाइरसको भ्याक्सिन बन्ने बताएका छन । कोरोना भाईरसको महामारी फैलिएसँगै अहिले बैज्ञानिकहरु भ्याक्सिन बनाउन लागि परेको भन्दै उनले एक बर्ष भित्रै भ्याक्सिन तयार हुने बताएका हुन ।

उनले कोभिड–१९ भ्याक्सिनबारे सोधिएको प्रश्नको जवाफमा भने, ‘मलाई विश्वास छ कि यो वर्षको अन्त्यसम्म हामीले यससको भ्याक्सिन पाउनेछौं ।’ यसैवर्ष सेप्टेम्बरमा स्कूल खुल्ला गर्नेबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मलाई केही उमेरदार शिक्षकको चिन्ता छ जसलाई संक्रमणको अत्यधिक खतरा हुनसक्छ, तर स्कूल त खोल्नै पर्छ नि ।’

उनले अन्तर्वार्ताको क्रममा हाइड्रोक्सिक्लोरोक्विनबारे कुरा गर्दै भने, ‘जुन कम्पनीले यो औषधी बनाउँछ त्यसमा मेरो कम्पनीको सेयर छैन । त्यसकारण यसको प्रयोगमा कुनै हानी छैन । यसमार्फत् कम्तिमा मानिसहरुको मृत्यु त भइरहेको छैन ।’

कोरोना भाइरसका लागि पहिले नै किन कदम उठाइएन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘गोप्य स्रोतले जनवरी २३ मा मलाई भाइरस आउन सक्छ है भनेर जानकारी दिएको थियो तर त्यतिबेला यो खासै महत्वपूर्ण थिएन ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस्
MBL