Logo

रसियाका प्रधानमन्त्रीलाई समेत छोडेन कोरोनाले, आफैले गरे संक्रमित भएको घोषणा

रसियाका प्रधानमन्त्रीलाई समेत छोडेन कोरोनाले, आफैले गरे संक्रमित भएको घोषणा



काठमाडौं । रसियाका प्रधानमन्त्री मिखाइल भि मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको छ। आफूलाई कोभिड-१९ भएको जानकारी बिहीवार उनी आफैले दिएका हुन्। राष्ट्रपति भ्लादमिर पुटिनसँगको भिडिओ कन्फ्रेन्समा उनले आफूलाई कोभिड १९ भएको घोषणा गरेका हुन्।

उनी कोभिड १९ को संक्रमण हुने सबैभन्दा उच्च तहका रसियन हुन्। मैले भर्खरै मेरो परीक्षणमा कोरोना भाइरस पोजेटिभ भएको प्रमाणित भएको छ, मिसुस्टिनले पुटिनसँगको टेलिभिजन छलफलमा भने। मिसुस्टिनले त्यसपछि आममानिसहरूलाई सम्बोधन गर्दै कोरोना भाइरस संक्रमणलाई गम्भीरताका साथ लिन आग्रह गरेका थिए।

यसैगरी उनले राष्ट्रपति पुटिनसँग स्वास्थ्य अधिकारीले सिफारिस गरे बमोजिमको सेल्फ-आइसोलेशनमा बस्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्