Logo

एकै दिन ७७ नेपालीमा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १२६ पुग्यो

एकै दिन ७७ नेपालीमा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १२६ पुग्यो



काठमाडौं । कोरोना भाईरसका कारण बहराइनमा एकैदिन ७७ जना नेपाली संक्रमित देखिएका छन । ७७ जनामा संक्रमण भेटिएसँगै बहराइनमा संक्रमित हुने नेपालीको संख्या १ सय २६ जना पुगेको छ ।

बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र अन्य ३ कम्पनीमा काम गर्ने नेपाली कामदारलाई संक्रमण देखिएको हो । संक्रमितहरु हाल बिभिन्न अस्पतालहरुमा उपचार भैरहेको दूतावासले जानकारी दिएको छ ।

बहराइनमा संक्रमितको सख्या भने १५ सय ४६ जना पुगेको छ भने १२ सय ४६ जना उपचार पछि घर फर्केका छन । बहराइनमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्