Logo

कोरोनालाई लिएर चीनबिरुद्ध अनुसन्धान गर्दै अमेरिका, ट्रम्प प्रशासनले समय खेर फालेको स्वास्थ्य बिज्ञको आरोप

कोरोनालाई लिएर चीनबिरुद्ध अनुसन्धान गर्दै अमेरिका, ट्रम्प प्रशासनले समय खेर फालेको स्वास्थ्य बिज्ञको आरोप



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध गम्भीर अनुसन्धान सुरु गरेको बताएका छन् । उनले ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोरोना भाइरसलाई लिएर चीनविरुद्ध गम्भीर अनुसन्धान सुरु गरेको बताएका हुन ।

उनले कोरोना भाइरलाई तत्काल रोक्न सकिने भए पनि पूरै विश्वमा फैलिनुमा चीनको ठूलो हात रहेको आरोपसमेत लगाउँदै आएका छन । साथै यस अघि पनि राष्ट्रपति ट्रम्पले चीनले कोरोना भाईरस संक्रमण र त्यसबाट मृत्यु हुनेको सत्य तथ्य तथ्याङ्क लुकाएको आरोप लगाउँदै आएका थिए ।

‘हामी चीनसँग खुसी छैनौँ, पूरै परिस्थितिसँग खुसी छैनौँ,’ उनले भने, ‘किनकि कोरोना भाइरस त्यही ठाउँमा रोक्न सकिन्थ्यो जुन जहाँबाट सुरु भएको थियो ।’ उनले कोरोना भाइरसलाई लिएर बारम्बार चीनमाथि आरोप लगाउँदै आएका छन् । यो महामारीलाई चीनले गम्भीर भएर नलिएको र समयमा नै यसलाई रोक्न नखोजेको आरोप अमेरिकालगायतका देशहरुले लगाएको छ ।

अमेरिका मात्रै नभएर पूरै विश्वलाई बचाउन सक्ने अवस्था हुँदाहुँदै पनि चीनको लापरवाहीले विश्वनै ध्वस्ता हुने गरि फैलिएको महामारीको कारण चीन भएकाले यस्लाई कहिल्यै भुल्न नसकिने राष्ट्रपति ट्रम्पको भनाई छ । तर स्वास्थ्य विशेषज्ञहरुले भने अमेरिकासँग तयारीका लागि पर्याप्त समय हुँदा पनि ट्रम्प प्रशासनले समय खेरा फालेको आरोप लगाएका छन्/एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL