Logo

श्रीलंकामा सैनिकमै फैलियो कोरोना, भेटियो ९५ नौसेनामा संक्रमण

श्रीलंकामा सैनिकमै फैलियो कोरोना, भेटियो ९५ नौसेनामा संक्रमण



काठमाडौं । श्रीलङ्कामा संक्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार पुष्टि गरेको छ । नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शंकास्पद कोरोना संक्रमित र लागु औषध कारोबारीको खोजीका क्रममा संक्रमण फैलिएको मन्त्रालयले जानकारी गराएको छ ।

श्रीलङ्कामा कोभिड–१९ संक्रमितको संख्या ५२३ पुगेको र सो भाईरसका कारण मृत्यु हुनेको संख्या भने ७ पुगेको मन्त्रालयले सोमबार जानकारी दिएकोे छ ।

सैनिक कमाण्डर शवेन्द्र सिल्भाका अनुसार संक्रमित सबै नौसैनिक वेलिसरा नौसैनिक शिविरका रहेका छन् । सरकार र सेनाले उक्त शिविर र वरपरका क्षेत्रलाई देशका ‘आइसोलेटेड जोन’ घोषणा गरिएको छ । संक्रमित सैनिक भएको शिविरमा प्रवेश र त्यहाँबाट बाहिर जानमा पूर्णतया प्रतिबन्ध लगाइएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार श्रीलङ्कामा आइतबारसम्ममा कोरोनाभाइरस संक्रमित १२० जना निको भएर घर फर्किएका छन् भने करिब ४ सय जनाले देशका विभिन्न अस्पतालमा सघन उपचार कक्ष तथा एकान्तमा रहेर सेवा लिइरहेका छन् ।

रक्षा सचिव कमल गुणरत्नले आइतबार श्रीलङ्काका सैनिक अधिकारीहरूलाई विदामा बसेको भए तत्काल आफू कार्यरत शिविरमार्फत् सरकारलाई जानकारी गराउन निर्देशनसमेत दिएका छन । श्रीलङ्कामा गत शुक्रबारदेखि कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको कफ्र्यू आदेश मङ्गलबारसम्म लागु हुनेछ । कफ्र्यूका बिषयमा अवस्था हेरेर त्यसपछिको लागि निर्णय लिइने सरकारले जानकारी दिएको छ ।

यहाँको सूचना विभागले कोभिड–१९ को संक्रमण कम रहेका विभिन्न २१ जिल्लामा कफ्र्यू आदेशलाई मङ्गलबारदेखि खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई सुरू गर्ने जनाएको छ । तर कफ्र्यू आदेश कोलम्बो, गम्पाह, कलुतारा र पुट्टालममा भने मे ४ गतेसम्मका लागि लागू रहने सरकारले निर्णय गरिसकेको छ । श्रीलङ्काको राजधानी कोलम्बोमा अहिलेसम्म सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन्/रासस

प्रतिक्रिया दिनुहोस्
MBL