Logo

कोरोनाविरुद्ध लडाईँ जिते बेलायती प्रधानमन्त्री जोनसनले, आजदेखि काममा फर्किंए

कोरोनाविरुद्ध लडाईँ जिते बेलायती प्रधानमन्त्री जोनसनले, आजदेखि काममा फर्किंए



लन्डन। बेलायती प्रधानमन्त्री बोरिस जोनसन आजदेखि नियमित काममा फर्किंएका छन् । कोरोना भाइरस संक्रमणमा परेका जोनसन तीन सातादेखि कोभिड–१९ को उपचारमा थिए ।

लन्डनको टेन डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालय फर्किन लागेको कुराबाट जोनसन निकै उत्साहित देखिएको उनका प्रवक्ताले जनाएको बीबीसीले उल्लेख गरेको छ । उनको अनुपस्थितिमा प्रधानमन्त्रीको दायित्व सम्हालिरहेका विदेशमन्त्री डोमिनिक रावले प्रधानमन्त्री जोनसन कोभिड–१९ मुक्त भएर काममा फर्किंदै गरेको विषयबाट देशभर नै उत्साहको सञ्‍चार हुने बताए।

प्रधानमन्त्री जोनसन कोभिड–१९ पोजिटिभ देखिएपछि ६ अप्रिलमा अस्पताल भर्ना भएका थिए। उनलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको थियो। १२ अप्रिलमा अस्पतालबाट डिस्चार्ज भएपछि उनी सरकारी निवासमा क्‍वारेन्टाइनमा बसिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्