Logo

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुग्यो, अझै बढन सक्ने दूतावास आशंका

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुग्यो, अझै बढन सक्ने दूतावास आशंका



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा हालसम्म ३३ जना नेपालीको मृत्यु भएको छ ।

गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा ३ महिला र बाँकी पुरुष छन् । तर त्यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण उल्लेख छ ।

दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखेको र शनिबारमात्र सो आँकडा प्राप्त भएको जानकारी दिएका छन । गोरखा वेलफेयर ट्रष्टमा अधिकृत तहमा कार्यरत ग्यारी घलेले ट्रष्ट भूपू गोरखाहरूका लागि काम गर्ने संस्था भएकाले बेलायतमा कोरोनाबाट निधन भएका केवल भूपू गोरखाको मात्र तथ्याङ्क राख्ने गरेको छ ।

दूतावासले सबै नेपालीको राख्ने हुँदा मृत्यु हुनेको संख्यामा फरक फरक पाइएको हुन सक्ने बताउँछन । मृत्यु हुनेको संख्या अझ बढी हुनसक्ने दूतावासको आशंका रहेको छ । मृत्यु हुनेका सबै परिवारले सञ्चारमाध्यमलाई घटनाबारे जानकारी नदिन पनि सक्छन् । परिवारको इच्छाविना अस्पतालले यस्ता घटना सार्वजनिकसमेत गर्ने नगरेको प्रवक्ता आरणले जानकारी दिएका छन/रासस

प्रतिक्रिया दिनुहोस्