Logo

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, प्रकोपबाट सबैभन्दा बढी अमेरिका प्रभावित

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, प्रकोपबाट सबैभन्दा बढी अमेरिका प्रभावित



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर दुई लाख नाघेको छ। यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४ सय ३० पुगेको छ भने संक्रमितको संख्या २८ लाख ६५ हजारभन्दा पनि बढी छ।

कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मात्रै कोरोना भाइरसबाट ५२ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने ९ लाख २९ हजारभन्दा बढी संक्रमित बनेका छन्।

यस्तै स्पेनमा कोरोनाबाट २ लाख २३ हजार ७ सय ५९ जना संक्रमित बनेका छन् भने २२ हजार ९ सय जनाले ज्यान गुमाएका छन्। इटालीमा पनि अवस्था डरलाग्दो नै छ। अहिलेसम्म इटालीमा २६ हजारभन्दा बढीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् भने करिब १ लाख ९५ हजारभन्दा बढी संक्रमित बनेका छन्।

कोरोनाबाट फ्रान्समा २२ हजार २ सय ४५, जर्मनीमा ५ हजार ८ सय ५, बेलायतमा २० हजार ३ सय १९, टर्कीमा २६ सय, इरानमा ५ हजार ६ सय ५० र चीनमा ४६ सय ३२ ले ज्यान गुमाएका छन्। अन्य देशहरुमा समेत स्थिति उस्तै भयावह छ। कोरोनाको प्रकोप नियन्त्रणमा आउनु भन्दा पनि दिन प्रतिदिन संक्रमित र मृत्यु हुनेहरुको संख्या बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्