Logo

डब्लुएचओले भन्यो, कोरोना उपचारपछि निको भएर घर फर्केका व्यक्तिमा पनि संक्रमण दोहोरिन सक्छ

डब्लुएचओले भन्यो, कोरोना उपचारपछि निको भएर घर फर्केका व्यक्तिमा पनि संक्रमण दोहोरिन सक्छ



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः संक्रमण हुने चेतावनी दिएको छ । डब्लुएचओले शनिबार संक्रमण भएर घर फर्कने ब्यक्तीलार्य पनि पुन संक्रमण हुन सक्ने भन्दै उनीहरूलाई पुनः संक्रमण नहुने कुराको सुनिश्चितता नहुने बताएका छन ।

डब्लुएचओको चेतावनीको अर्थ यो हो कि संक्रमणबाट निको हुनु भनेको संक्रमणबाट स्वस्थ भएपछि पुनः यो नदोहोरिने आधारहरू छैनन् अर्थात् यो नै कोभिड–१९ संक्रमण ‘प्रतिरोधको प्रमाणपत्र’ होइन ।

डब्लुएचओले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेको व्यक्ति दोस्रो संक्रमणबाट सुरक्षित छ भन्ने अहिलेसम्म त्यस्तो कुनै तथ्य भेटिएको छैन ।’ रासस

प्रतिक्रिया दिनुहोस्
MBL