Logo

कोरोना भाईरस विरूद्वको औषधि पहिलो परीक्षणमै असफल, बैज्ञानिकको आविष्कारले किन गरेन काम ?

कोरोना भाईरस विरूद्वको औषधि पहिलो परीक्षणमै असफल, बैज्ञानिकको आविष्कारले किन गरेन काम ?



काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोप वा औषधि बन्न अझै समय लाग्ने भएको छ । चीनमा खोपका परिक्षण गरिए पनि उक्त परिक्षण असफल भएपछि औषधि आविष्कार चाँडै नहुने पक्का भएको हो ।

कोरोना भाईरसको संक्रमणमा एक प्रभावकारी हुने ठानिएको ‘एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल भएपछि उक्त औषधि बन्न अझै केही समय लाग्ने बताईएको हो ।
रेमडेसिवियर नामको उक्त ‘एन्टीभाइरल’ औषधिको पहिलो परीक्षण फेल भएको विश्व स्वास्थ्य संगठनल बताएको बीबीसीले जानकारी दिएको छ ।

कूल २ सय ३७ बिरामीमध्ये १५८ लाई रेमडेसिवियर औषधि दिइएकोमा बाँकी ७९ लाई प्लेसीबो दिइएको थियो। एक महिनापछि उक्त औषधि लिएका १३ दशमलव ९ प्रतिशत बिरामीको मृत्यु भयो जबकी यसको तुलनामा प्लेसीबो लिएका १२ दशमलव ८ प्रतिशत बिरामीको मृत्यु भएको जनाइएको छ ।बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्