Logo

कोरोना कहर : कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघ्यो, करीब ८ लाख निको भई घर फर्किए (अपडेट)

कोरोना कहर : कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघ्यो, करीब ८ लाख निको भई घर फर्किए (अपडेट)



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरमा संक्रमित र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिवार बिहानसम्म विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार २ सय ४५ पुगेको छ भने कोरोना संक्रमितको संख्या २८ लाख १८३० हजार ५१ पुगेको छ ।

त्यस्तै विश्वभरका ७ लाख ९८ हजार ७ सय ७२ कोरोना संक्रमित निको भई घर फर्किसकेका छन् । कोरोनाभाइरसको प्रभाव सबैभन्दा बढी अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायतका ठुला देशहरुमा परेको छ ।

आज बिहानसम्मको तथ्यांक हेर्दा अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार १ सय ८५ पुगेको छ भने संक्रमितको संख्या ९ लाख २५ हजार ३८ जना पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ८५ हजार ९ सय २२ जना निको भइसकेका छन् ।

त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २२ हजार ५ सय २४ पुगेको छ भने संक्रमितको संख्या २ लाख १९ हजार ७ सय ६४ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ हजार ९ सय ६९ पुगेको छ भने संक्रमितको संख्या १ लाख ९२ हजार ९ सय ९४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्