Logo

के कोरोना भाइरस चीनमै बनेको थियो ? भाइरस उत्पत्तिको स्वतन्त्र अनुसन्धानको माग चीनले अस्वीकार गरेपछि बढ्यो शंका

के कोरोना भाइरस चीनमै बनेको थियो ? भाइरस उत्पत्तिको स्वतन्त्र अनुसन्धानको माग चीनले अस्वीकार गरेपछि बढ्यो शंका



काठमाडौं । चीनले कोरोना भाईरसको अनुसन्धानलाई अस्वीकार गरेपछि शंका बढ्दै गएको छ । बिभिन्न देशहरुले कोरोना भाईरसको अनुसन्धान गर्न माग गरे पनि चीनले अस्वीकार गरे पछि शंकाको घेरा बढ्दै गएको हो । कोरोना भाइरसको उत्पतीलाई लिएर स्वतन्त्र अनुसन्धान गर्नु पर्ने भन्दै युरोपलगायतका देशले अनुसन्धानका लागि माग गरेको थियो ।

बेलायतमा रहेका चिनियाँ कूटनीतिज्ञ चेन वेनले यस्ता मागहरु राजनीतिक रुपमा प्रेरित रहेको भन्दै त्यस्तो कुनै पनि अनुसन्धान नहुने स्पष्ट पारेका हुन् । यस्ता मागहरु कोरोना भाइरसविरुद्धको चीनको लडाईँलाई कमजोर पार्ने उद्देश्यले आएको भन्दै उनले यस विषयमा कुनै अनुसन्धान नहुने बताएका हुन ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले सुरुमै जानकारी नदिएको र यसको नियन्त्रणका लागि पारदर्शी प्रक्रिया नअपनाएको युरोप अमेरिकालगायतका देशको आरोप छ ।

युरोपियन युनियनको प्रतिवेदनमासमेत चीनले कोरोना भाइरससँग सम्बन्धित सही सूचना बाहिर आउन नदिएको उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लगातार कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणमा चीनको पारदर्शीतालाई लिएर प्रश्न गर्दै आएका छन् । तर चिनियाँ अधिकारीहरुले भने यसलाई राजनीतिक पूर्वग्राही भएको बताएका छन/एजेन्सी

प्रतिक्रिया दिनुहोस्