Logo

ज्याक मा लाई पछार्दै अम्बानी बने दक्षिण एशियाकै धनी, फेसबुकसँगको सहकार्य फाप्यो

ज्याक मा लाई पछार्दै अम्बानी बने दक्षिण एशियाकै धनी, फेसबुकसँगको सहकार्य फाप्यो



काठमाडौं । भारतीय व्यवसायी मुकेश अम्बानी फेरि एसियाकै धनी भएका छन्। अलिबाबाका संस्थापक चीनका ज्याकमालाई पछि पार्दै अम्बानी एसियाका सबभन्दा धनी बनेका हुन्।

फेसबुकले रिलाइन्स जियो प्लेटफर्मको १० प्रतिशत स्वामित्व ५ अर्ब ७० करोड डलरमा किनेपछि सम्पत्ति बढेर अम्बानी एसियाका सबभन्दा धनी भएका हुन्।

ब्लुमवर्गको अर्बपति सूचकांक अनुसार अम्बानीको सम्पत्ति ४ अर्ब ७० करोड डलर बढेर ४९ अर्ब २० करोड डलर पुगेको छ। योसँगै अम्बानी ज्याकमा भन्दा ३ अर्ब २० करोड डलरले अघि पुगेका छन्।

फेसबुकसँग डिलले अम्बानीको सम्पत्ति थपियो भने ज्याकमाकले कोभिड १९ सँग भिड्न गरिरहेको कल्याणकारी काममा १ अर्ब डलर खर्चिएका छन्। ब्लुमबर्गबाट

प्रतिक्रिया दिनुहोस्
MBL