Logo

अमेरिकाको अनुदान रोक्ने निर्णयपछि डब्लुएचोलाई चीनको थप सहयोग, तुरुन्तै ३ करोड डलर सहयोग दिदैं

अमेरिकाको अनुदान रोक्ने निर्णयपछि डब्लुएचोलाई चीनको थप सहयोग, तुरुन्तै ३ करोड डलर सहयोग दिदैं



काठमाडौं । चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई ३० मिलियन डलर प्रदान गर्ने भएको छ। कोभिड १९ विरूद्धको विश्वव्यापी लडाइँलाई सहयोग र्पुयाउन संगठनलाई दान गर्न लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनपुङले बताए ।

हुवाले ट्विटरमा ट्विट गर्दै उक्त अनुदान विशेष रूपमा विकासशील देशहरूको स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्ने उद्देश्यले गरिएको बताएका छन्।

चीनले मार्च ११ मा संगठनलाई २० मिलियन डलर अनुदान प्रदान गरिसकेको बताएको छ। यसअघि अमेरिकाले डब्लुएचओलाई चीनको पक्ष लिएको भन्दै कोषमा रकम जम्मा नगर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त उद्घोससँगै डब्लुएचओलाई चीनले थप सहयोग गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL