Logo

विश्वकै कान्छी प्रधानमन्त्रीका रुपमा चर्चामा आएकी फिनिस प्रधानमन्त्री मरिनमा कोरोनाको आशंका, बसिन सेल्फ आइसोलेसनमा

विश्वकै कान्छी प्रधानमन्त्रीका रुपमा चर्चामा आएकी फिनिस प्रधानमन्त्री मरिनमा कोरोनाको आशंका, बसिन सेल्फ आइसोलेसनमा



काठमाडौं । विश्वकै कान्छी प्रधानमन्त्रीका रुपमा चर्चामा आएकी फिनल्यान्डकी प्रधानमन्त्री साना मरिन आइसोलेसनमा बसेकी छिन् । उनी कोरोनाभाइरस संक्रमण भएको आशंकामा सेल्फ आइसोलेसनमा बस्न थालेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

उनको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोभिड १९ देखिएपछि उनी आइसोलेसनमा बसेकी हुन् । ती कर्मचारीसँग प्रधानमन्त्री मरिनको प्रत्यक्ष सम्बन्ध भएको बिबिसीले जनाएको छ ।

उनको कार्यालयले जारी गरेको एक विज्ञप्तिले प्रधानमन्त्री मरिनको कोरोनाभाइरस संक्रमण परीक्षण भएको र उनले यसका कुनै लक्षण नदेखाएको जनाएको छ ।

यी ३४ वर्षे प्रधानमन्त्री गत वर्ष डिसेम्बरमा विश्वमा सबैभन्दा कान्छी प्रधानमन्त्री भएपछि चर्चामा आएकी थिइन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्