Logo

कोरोना भाइरसको जोखिम थप बढ्यो, घरपालुवा बिरालोमा कोरोना संक्रमण देखिएपछि बढ्यो चिन्ता

कोरोना भाइरसको जोखिम थप बढ्यो, घरपालुवा बिरालोमा कोरोना संक्रमण देखिएपछि बढ्यो चिन्ता



काठमाडौं । हालसम्म मानीस र बाघमा देखिएको कोरोना भाईरस संक्रमण अब बिरालोमा पनि देखिएको छ । अमेरिकाको न्युयोर्कमा दुईवटा विरालोमा कोरोना भाइरसको संक्रमण देखिएको हो । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)का अनुसार दुबै बिराला फरकफरक परिवारका हुन् । बिरालोमा कोरोना भाइरसको संक्रमण देखिएपछि यो सीडीसीका लागि ठूलो चिन्ताको विषय भएको छ ।

अधिकारीहरुका अनुसार पहिलो संक्रमित बिरालो त्यस्तो परिवारमा भेटिएको छ, जुन परिवारमा कोही पनि व्यक्ति कोरोना संक्रमित छैनन् ।

दोस्रो बिरालोका मालिकमा भने कोरोना संक्रमण देखिएको छ । मालिकमा कोरोना संक्रमण देखिए पछि उक्त बिरालोमा पनि कोरोनाको टेस्ट गरिएको थियो । यो तथ्यसँगै सीडीसी र अमेरिकी कृषि विभागले पाल्तु जनावार घर बाहिर नछोड्न आग्रह गरेको बीबीसीले जनाएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्