Logo

कोरोना संकट टार्न दक्षिण अफ्रिकाको २६ अर्ब डलरको राहत, बिहीबार ऐतिहासिक घोषणा गर्दै

कोरोना संकट टार्न दक्षिण अफ्रिकाको २६ अर्ब डलरको राहत, बिहीबार ऐतिहासिक घोषणा गर्दै



काठमाडौं । दक्षिण अफ्रिकाले २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गरेको छ । अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार कोरोना भाइरसका कारण सिर्जित संकट समाधानमा मद्दत गर्न करिब २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गरेका हुन ।

राष्ट्रपति रामाफोसाले उक्त आपतकालीन राहत प्याकेज ऐतिहासिक रहेको बताएको स्थानीय संचारमाध्यमहरुले बताएका छन् । उनले आर्थिक प्याकेजको विस्तृत विवरण बिहीबार राष्ट्रका नाममा सम्बोधन गरी घोषणा गर्ने तयारी भईरहेको छ ।

दक्षिण अफ्रिकी अधिकारीहरुले मार्च २३ मा ३ साता लामो राष्ट्रव्यापी क्वारेन्टाइन घोषणा गरेका थिए । तर कोरोना भाइरसको प्रसार बढेसँगै सरकारले अरु १५ दिन क्वारेन्टाइनको म्याद बढाएको थियो । दक्षिण अफ्रिकामा कोरोना संक्रमित व्यक्तिको संख्या ३ हजार ५ सय नाघेको छ भने कम्तीमा ५८ जनाको मृत्यु भएको छ । (रासस–एएनआई)

प्रतिक्रिया दिनुहोस्