Logo

आप्रवासी कामदारलाई रोक्ने ट्रम्पको घोषणा, अब कहिलेसम्म अमेरिका जान पाइँदैन् ?

आप्रवासी कामदारलाई रोक्ने ट्रम्पको घोषणा, अब कहिलेसम्म अमेरिका जान पाइँदैन् ?



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् । ट्रम्पले ट्विट गर्दै आप्रवासी कामदारमाथि प्रतिबन्ध लगाउन लागिएको भए पनि त्यस्ले कस्ता–कस्ता मानिसहरू प्रभावित हुन्छन् भन्नेबारे भने खुलाएको छैन ।

कोरोना भाइरसको महामारीपछि देशले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका बेला ट्रम्पले ट्विट गर्दै यस्तो घोषणा गरेका हुन् । साथै उनले अमेरिकी नागरिकको रोजगारी नगुमोस् भन्नका खातिर यस्तो निर्णय लिइएको ट्विटमा उल्लेख गरेका छन् ।

कोरोना प्रकोप न्यूनीकरण गर्न अमेरिकाले युरोपका धेरैजसो मुलुकसँगै चीन, क्यानडा, मेक्सिको, इरान र दक्षिण कोरियाका नागरिकमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ । अमेरिका र क्यानडाबीच मेको मध्यसम्मै सीमा नाका कडा पार्ने सहमतिसमेत गरिसकेको छ/बीबीसी

प्रतिक्रिया दिनुहोस्
MBL