Logo

लाशमाथि राजनीति गर्दै शक्ति राष्ट्र, कोरोनाबाट अमेरिकाभन्दा चीनमा बढी मृत्यु भएको ट्रम्पको दाबी

लाशमाथि राजनीति गर्दै शक्ति राष्ट्र, कोरोनाबाट अमेरिकाभन्दा चीनमा बढी मृत्यु भएको ट्रम्पको दाबी



काठमाडौं । विश्वभर फैलिएको कोरोनाको त्रासमा समेत शक्तिशाली राष्ट्रहरु एकअर्कालाई आरोप प्रत्यारोप गरिरहको छ । अमेरिकाले कोरोनाबाट मृत्यु हुनेमा चीन सबै भन्दा अघि रहेको आरोप लगाएका छन ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसका कारण मृत्युहुनेको संख्या चीनमा रहेको दाबीसमेत गरेका छन । उनले ह्वाइट हाउसमा कोरोना भाइरसको महामारीबारे हुने दैनिक पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताएका हुन ।

उनले भने, ‘कोरोनाबाट सबैभन्दा धेरै चीनमा मृत्यु भएको छ, पहिलो नम्बरमा चीन छ । हामी त उसको छेउछाउ पनि छैनौं । यो मलाई पनि थाहा छ र उनीहरुलाई पनि थाहा छ ।’ उनले अमेरिकामा कोरोना भाइरसका कारण भइरहेको मृत्युदर युरोपको देशभन्दा कम रहेको दाबी गरेका छन । ट्रम्पले भने, ‘जर्मनीको यो मामलामा अपवाद हो ।

ब्रिटेन, स्विटजरल्याण्ड, बेल्जियम र फ्रान्सको तुलनामा अमेरिकामा कोरोनाका कारण भएको मृत्युदर कम छ । स्पेनको मृत्युदर त अमेरिकाभन्दा चार गुणा बढी छ ।’ ट्रम्पले यसअघि पनि चीनमा कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु भएको दाबी गर्दै चीनले मृतकको आँकडा लुकाएको आरोपसमेत लगाउँदै आएका छन्/एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL