Logo

नम्बर एकको स्थान बचाउने होडमा कतार, विश्वको सबैभन्दा ठूलो ग्यास क्षेत्रमा ड्रिलिंग सुरु गर्यो

नम्बर एकको स्थान बचाउने होडमा कतार, विश्वको सबैभन्दा ठूलो ग्यास क्षेत्रमा ड्रिलिंग सुरु गर्यो



काठमाडौं । कतार पेट्रोलियमले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डारको उत्पादन क्षमता विस्तार गर्न ड्रिलिङ अभियान सुरु गरेको छ । ‘नर्थ फिल्ड इष्ट’ नाम दिइएको यो आयोजना विकासका लागि कतारले ड्रिलिङ अभियान शुरु गरेको हो ।

पर्सियन खाडीमा सञ्चालित यो आयोजनाका लागि खाडीको सानो राष्ट्र कतारले खाडीको ठूलो र शक्तिशाली राष्ट्र ईरानसँग साझेदारी गरेको छ । यो विशवकै सबैभन्दा ठूलो ग्यास क्षेत्रका रुपमा रहेको छ ।

कतारले ईरानसँग नर्थ फिल्ड इष्टको एउटा क्षेत्र बाँडेको छ, जसलाई दक्षिण पार्स भनिन्छ । कतारले यस हप्ता आफ्नो प्राकृतिक ग्यास निर्यात क्षमता विस्तार गर्न र विश्वको शीर्ष तरलतायुक्त प्राकृतिक ग्यास (एलएनजी) निर्यातकर्ता ठाउँमा कायम रहन यो बिस्तार अभियान शुरु गरेको हो ।

कडा अमेरिकी प्रतिबन्ध र कोरोनाभाइरस महामारीले प्रभावित इरानले भन यसका लागि अझै योजना रहेको र दक्षिण पार्स क्षेत्रको अर्को चरणमा ड्रिलिंग शुरु गर्ने बताएको छ । जुन मार्च २०२१ अघि शुरु नहुने पनि इरानले स्पष्ट पारेको छ ।

दक्षिण पार्स क्षेत्रको ११ चरणको प्रोजेक्टको पहिलो कुवा हालको इरानी क्यालेन्डर वर्षमा ड्रिल गरिने (जुन मार्च २० मा सुरु भयो र मार्च २०२१ मा अन्त्य हुने) इरानका तेलमन्त्री बिजन जबल्गनेहले बुधवार इरानको तेल मन्त्रालयको समाचार सेवा शानासँग भनेका छन् । कतारले यसको हिस्साका लागि उत्तरी क्षेत्र विस्तारको पहिलो चरणको लागि ड्रिलिंग सुरू गरेको छ । कतार पेट्रोलियमले एक विज्ञप्तिमा भनेको छ कि यो योजना ८० कुवाहरु मध्ये पहिलो हो ।

कतारले यसभन्दा पहिले कुनै पनि उत्पादन विस्तारमा रोक लगाएको थियो, तर दुई बर्ष अघि यसले धेरै बजार खेलाडीहरूलाई आश्चर्यचकित तुल्याउादै यसले आफ्नो उत्पादन बढाउने योजनाको घोषणा गरेको थियो । यो निर्णय अस्ट्रेलियाले कतारको नम्बर एकको स्थानमा चुनौती दिन थालेपछि कतारले लिएको मानिएको छ ।

विश्वको सबैभन्दा ठूलो एलएनजी निर्यातकर्ताको रूपमा कतारको स्थान नम्बर एक मा रहेको छ । कतार पेट्रोलियमले आफ्नो एलएनजी उत्पादन क्षमता ४३ प्रतिशतले बढाउने योजना बनाएको र जुन ७७ मिलियन टनबाट प्रतिवर्ष ११० मिलियन प्रति टन हुने तथा यो उत्पादन बिस्तार परियोजना सन् २०२४ मा सम्पन्न हुने जनाएको छ । ओयलप्राइस डटकमबाट

प्रतिक्रिया दिनुहोस्
MBL