Logo

मासु खादा कोरोना संक्रमणको जोखिम उच्च हुने डब्लुएचओको निष्कर्ष, विक्रीवितरणमा रोक लगाउन आग्रह

मासु खादा कोरोना संक्रमणको जोखिम उच्च हुने डब्लुएचओको निष्कर्ष, विक्रीवितरणमा रोक लगाउन आग्रह



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरसबाट बच्नका लागि मासु नखान अपिल गरेको छ । डब्लुएचओका प्रमुख डाक्टर टेड्रास एडहनाम गीब्रियेसीसले मासु खादा कोरोना संक्रमणको खतरा बढ्नभन्दै सबै देशका सरकारलाई कोरोना भाइरसलाई मध्यनजर गर्दै मासु खान कडाइका साथ रोक लगाउन अपिल गरेका छन् ।

कोरोना भाइरसको सुरुवात चमेरा र सीफुडबाट भएको प्रचार भैरहेको डब्लुएचओले उक्त मासुबाट कोरोना संक्रमणको खतरा बढी भएको भन्दै नखान आग्रह गरेको हो । चीनको बुहानको सीफूड बजारबाट सुरु कोरोना भाइरसदे हाल विश्व नै आतंकित बनाएको छ ।

‘मासु बजारलाई त्यति बेला खोल्ने अनुमति दिन सकिन्छ जब भोजनमा पूर्ण स्वच्छता कायम भएको हुने छ’ डाक्टर टेड्रासले भनेका छन् । साथै उनले मासुमा स्वच्छताको कमी हुने भन्दै बिक्रीबितरणमा प्रतिबन्ध गर्नु पर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL