Logo

भारतले गर्याे प्यारासिटामोल निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा, कच्चा पदार्थको प्रतिबन्ध कायमै

भारतले गर्याे प्यारासिटामोल निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा, कच्चा पदार्थको प्रतिबन्ध कायमै



काठमाडौं । भारतले प्यारासिटामोल फर्म्युलेसनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । कोरोनाभाइरसको प्रकोपका बीच भारतले शुक्रवारदेखि उक्त प्रतिबन्ध हटाएको भारतको बैदेशिक व्यापार महानिर्देशनालयले जानकारी दिएको छ ।

भारतको बैदेशिक व्यापार महानिर्देशनालयका अनुसार प्यारासिटामोलको कच्चा पदार्थ औषधि सामग्रीको निर्यात भने प्रतिबन्धित कायमै रहनेछ।

प्यारासिटामोल एक दुखाइ कम गर्ने औषधि हो कोरोना भाईरस संक्रमित लाई यो औषधि प्रयोग गर्ने गरिन्छ। गत मार्चमा भारतले २६ प्रकारका औषधि सामग्री र उनीहरूबाट बनाइएको औषधिहरूको निर्यातमा प्रतिबन्ध लगाएको थियो।

प्यारासिटामोल निर्यातमा


प्रतिक्रिया दिनुहोस्
MBL