Logo

चीनले गर्यो कोरोना महामारीबाट मृत्यु हुनेको तथ्यांकमा संशोधन, १२ सय ९ मृतक थपिए

चीनले गर्यो कोरोना महामारीबाट मृत्यु हुनेको तथ्यांकमा संशोधन, १२ सय ९ मृतक थपिए



काठमाडौं । चीनले कोरोना महामारीबाट मर्नेको तथ्यांक संशोधन गरेको छ । वुहान शहर भएर संसारभर फैलिएको कोरोना महामारीको संक्रमणबाट चीन सरकारले यसअगाडि सार्वजनिक गरेको भन्दा बढीको मृत्यु भएको तथ्य संशोधन गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेको छ, ‘अस्पताल बाहिर मृत्यु भएको र यही महामारीबाट मृत्यु भएपनि ढिलो खबर आएको कारण देखाएर चीन सरकारले मृतकको तथ्य संशोधन गरेको छ।’ चीन सरकारले वुहान शहरमा २६६० जनाको मृत्यु भएको जानकारी दिएको थियो । तर, आफैंले यो तथ्य संशोधन गर्दै ३८६९ बनाएको छ । अर्थात्, पहिलो दावी गरेको भन्दा १२०९ बढी मृत्यु भएको तथ्य चीनले संशोधन सहित सार्वजनिक गरेको छ ।

यसअगाडि पनि चीन सरकारले सार्वजनिक गरेको तथ्यप्रति पश्चिमा सञ्चार माध्यमहरुले प्रश्न उठाउने गरेको थियो । गएको डिसेम्बरबाट चीनमा देखिएको संक्रमण लगभग नियन्त्रणमा आइसकेको छ । ८२ हजार बढी संक्रमित भएको चीनमा अहिले गम्भीर प्रकृतिका बिरामी सय भन्दा तलको संख्यामा झरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL