Logo

बेलायतमा कोराना संक्रमण तीव्ररुपमा बढ्यो, नियन्त्रणका लागि लकडाउन तीन हप्ता थपियो

बेलायतमा कोराना संक्रमण तीव्ररुपमा बढ्यो, नियन्त्रणका लागि लकडाउन तीन हप्ता थपियो



बेलायत सरकारले कोरोना भाइरस संक्रमणको विस्तार रोक्न थप ३ हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका छन । प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरसको उपचारकै क्रममा रहेका कारण विदेशमन्त्री राबले बेलायत सरकारको निर्णय सार्वजनिक गरेका थिए ।

उनले भने, ‘आपतकालीन अवस्थाका लागि वैज्ञानिक सल्लाहकार समूहले तत्काल लकडाउन हटाउँदा जनस्वास्थ्य र अर्थतन्त्र दुबैलाई नोक्सान पुर्याउने सुझाव दिएको छ । यसैले कम्तिमा अर्को तीन सातासम्म हालको व्यवस्था यथावत रहनेछ ।’ उनले यी उपायहरूमा छुट दिन पाँच प्रमुख शर्तहरू अघि सारेका छन ।

ती शर्तहरुमा बिरामीहरूको बढ्दो संख्यालाई सामना गर्न राष्ट्रिय स्वास्थ्य सेवाको क्षमता विकास भएको हुनुपर्ने, कोरोना भाइरस–सम्बन्धित मृत्यु दरहरूमा एक दिगो र लगातार न्यून भएको ठोस प्रमाण हुनुपर्ने, संक्रमणको दर प्रबन्धनीय स्तरमा घट्दै गएको हुनुपर्ने, आवश्यक संशाधनहरूको उपलब्धता र परीक्षण क्षमता पर्याप्त रहेको देखिनुपर्ने तथा संक्रमणको दोस्रो लहरमा प्रवेश नहुने सुनिश्चित हुनुपर्ने रहेका छन् ।

हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या १ लाख ३ हजार नाघेको छ भने झण्डै १४ हजारको ज्यान गएको छ । (रासस–एएनआई)

प्रतिक्रिया दिनुहोस्