Logo

कोरोनाले हल्लाएको इटालीको दर्दनाक वास्तविकता : जहाँ कोरोनापीडितलाई माफियाले पनि राहत बाँडिरहेका छन्

कोरोनाले हल्लाएको इटालीको दर्दनाक वास्तविकता : जहाँ कोरोनापीडितलाई माफियाले पनि राहत बाँडिरहेका छन्



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीको सबैभन्दा प्रभावित देश हो ईटाली । यहाँ कोरोना भाईरसका कारण १८ हजार बढीले ज्यान गुमाईसकेका छन् भने हरेक दिनहुँ हजारौं संक्रमित भइरहेका छन् । साँच्चै अहिले इटालीको अवसथा दर्दनाक छ । यस्तोमा पीडितहरुलाई सबैले सक्दो सहयोग गरिरहेका छन् ।

अझ अच्चम्मको कुरा यहाँका माफियाले सर्वसाधारणलाई राहत वितरण गर्न सुरु गरेका छन् । उनीहरुलाई समाजले पनि गरिब परिवारहरुका लागि खाद्य सामग्री वितरणमा सहयोग गरिरहेका छन् । उनिहरुले क्वारेन्टाईनमा बसिरहेका र नगदको अभाव भएका नागरिकहरुलाई राहत वितरण गरेर सहयोग गरिरहेका छन् । अहिले देशभर माफिया ग्याङले कोरोना भाईरसबाट पििडतहरुलाई राहत बाँडिरहेको भिडियो भाईरल भएको छ ।

उनीहरुले ईटालीको दक्षिण भेग क्याम्पेनिया, क्यालेब्रीया, सिसीली तथा पुग्लीयाका गरिवहरुलाई राहत वितरण गरेका थिए । एक महिनादेखि यहाँका पसल, क्याफे, रेष्टुरेन्ट तथा पबहरु बन्द छन् । लाखौं मानिसहरुको आम्दानीको स्रोत बन्द भएको छ । यस्तै उनिहरुलाई थाहा छैन कहिले काममा फर्किनुपर्ने हो । सरकारले केही नामका मात्रै सपिङ भौचर संचालनमा ल्याएको छ । तर, यस्तो बेला जनताको जिवनको रक्षा गर्ने उद्देश्यले माफियाले ठुलो योगदान पुर्याएका छन् । र सरकारले सहयोग नगरेको खण्डमा पनि सहयोग गर्न तयार रहेको मफियाले बताउँदै आएका छन् ।

लकडाउनका कारण ३३ लाख जना घरभित्रै सिमित भएका छन् । जसमध्ये १ लाख बढी ईटालीको दक्षिणपट्टि बस्छन । केही विज्ञहरुले माफियाले कोरोना भाईरसबाट मानिसहरुको मन जित्दै फाईदा लिईरहेको बताएका छन् । यस्तै केही माफियाको ग्याङले भने सर्वसाधारणका घरघरमा बस्तुहरु पुर्याईरहेका छन् ।

अब ईटालीका केही क्षेत्रमा माफियालाई अपराधीको रुपमा मात्रै लिईँदैन । उनीहरुलाई समाजसेवीको रुपमा पनि हेरिएको छ । हाल ईटालीमा माफीयाका ग्याङहरुले सरकारको भन्दा पारदर्शी र सहज काम गरिरहेका छन् । जसका कारण दिनानुदिन मानिसहरुको मन जित्दै आईरहेका छन् ।-एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्