Logo

कोरोनाको नयाँ अध्ययन, भाइरस संक्रमित व्यक्ति बाँचेपनि फोक्सो र किड्नीमा दिर्घकालिन क्षति

कोरोनाको नयाँ अध्ययन, भाइरस संक्रमित व्यक्ति बाँचेपनि फोक्सो र किड्नीमा दिर्घकालिन क्षति



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरसका कारण १ लाभन्दा बढीले ज्यान गुमाईसकेका छन् भने १६ लाखभन्दा बढी यसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले मानिसको ज्यान भने गइहाल्दैन । उदाहरणका लागि यस भाइरसबाट संक्रमितमध्ये ३ लाख ८२ जारभन्दा बढी व्यक्तिलाई उक्त रोक निको भइसकेको छ ।

हालसम्मको तथ्यांकले संक्रमितमध्ये ९७ प्रतिशत मानिस बाँचेको देखिएको छ । तर, मानिस बाँच्न सफल भएपनि उसको फोक्को र किड्नीलाई सदाका लागि बिगार्न सक्छ कि सक्दैन ? यो चासोको विषय बनेको छ ।

कोरोना भाइरसको साधारण लक्षण देखिएकाहरु पूरै ठिक हुने सम्भावना बढी रहन्छ । उनीहरुलाई निको भएपछि पनि पछिसम्म शरीरमा क्षति पुग्दैन । तर, मध्यम र कडा खालको लक्षण भएकाहरुलाई भने शरीरका विभिन्न भागमा पछिसम्म क्षति पुग्ने वैज्ञानिकहरुले तथ्य पत्ता लगाएका छन् । ती व्यक्तिहरुमा फोक्सोमा पछिसम्म क्षति पुग्नेछ ।

भाइरस विभिन्न सेलमा प्रवेश गरेर स्वास प्रश्वासमा पकड बनाउँछ । त्यसपछि भाइरसले अन्य समस्या निर्माण गर्न दबाब सृजना गर्छ । यसले फोक्सोमा स्थान बनाएर दुर्घटना गराउँछ । विस्तारै स्वास फोर्न कठिन भई विरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था बन्न सक्छ ।

विभिन्न अध्ययनहरुले एकपटक संक्रमित भइसकेको व्यक्तिलाई सदाका लागि स्वास प्रश्वासको समस्या रहिरहने देखाएको छ । यो रोग लागेपछि लाग्नुअघिको जस्तो अवस्थामा फर्कन नसक्ने गरी समस्या गराईराख्छ ।

यस्तै कोरोना भाइरसको संक्रमितलाई किड्नीको पनि समस्या हुने अध्ययनले देखाएको छ । फोक्सोका साथै यसले किड्नीमा पनि उत्तिकै असर गर्छ भने विभिन्न अंगहरु प्रभावित हुने गर्दछ । उपचारका क्रममा किड्नीमा पनि दबाब पर्न गई पछिसम्म समस्या पर्ने देखिएको छ । अलजजिराबाट डा. अमिर खानको लेखको सम्पादित अंश

प्रतिक्रिया दिनुहोस्