Logo

अमेरिकामा कोरोनाको उपचार हुने भन्दै दन्तमञ्जन बेचियो, सरकारले लगायो प्रतिबन्ध

अमेरिकामा कोरोनाको उपचार हुने भन्दै दन्तमञ्जन बेचियो, सरकारले लगायो प्रतिबन्ध



काठमाडौं । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले अनलाईनमा कोरनो भाइरसको उपचार हुने भन्दै केही वस्तुहरु बेच्न प्रतिवन्ध लगाएको छ । ईन्फोवार्सका संस्थापक तथा विवादित विज्ञ एलेक्स जोन्सलाई थुप्रै सामानहरुलाई कोरोनासँग जोडेर विक्रीमा राखिएको आरोप लागेको छ । उनले दन्त मञ्जनलगायतका वस्तुलाई कोरोना विरुद्ध लड्न सक्न भन्दै आफ्ना वेबसाईटमा सामान विक्रीमा राखेका छन् ।

उनको अनलाईन सपिंग पोर्टल ईन्फोवारमा विभिन्न बस्तुहरुलाई कोरोना भाइरससँग लड्ने क्षमता भएको भन्दै विक्रीमा राखिएको छ । त्यसैले अमेरिकाको खाद्य तथा औषधि प्रशासनले उनको वेबसाईटलाई नै उपभोक्तालाई अतिरञ्जित वस्तुहरुप्रति अनावश्यक आकर्षित गरेको आरोप लगाईएको छ ।

विश्व कोरोना भाईरसबाट त्रासमय भईरहेको बेलामा यसरी उपभोक्तालाई अतिरञ्जित बनाएर सामान बेच्नु गैरकानुनी हो । खाद्य तथा औषधि प्रशासनले उनले आफ्ना विभिन्न सामानहरुलाई कोरोना भाईरसविरुद्ध रोग प्रतिरोधी क्षमता बढाउने बताएका थिए । एस्तै एफडीएले उनलाई यस्ता बस्तुहरु आफ्नो वेबसाईटबाट हटाउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL