Logo

इटलीमा कोरोनाबाट १०१ डाक्टरको मृत्यु, कुल डाक्टरको १० प्रतिशत संक्रमित

इटलीमा कोरोनाबाट १०१ डाक्टरको मृत्यु, कुल डाक्टरको १० प्रतिशत संक्रमित



काठमाडौं । इटलीमा कोरोना भाइरस संक्रमणका कारण १ सय १ जना चिकित्सकको मृत्यु भएको छ । संक्रमण सुरु भएदेखि हालसम्ममा १ सय जना चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको इटलीको स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको छ ।

इटलीमा कोभिड–१९ को संक्रमण विरूद्द अग्रपङ्तीमा रहेर विरामीलाई उपचार सेवा दिने क्रममा १०१ चिकित्सकको मृत्यु भएको संस्थाका प्रवक्ताले एएफपीलाई बताएका छन । मृतकमध्ये सेवा निवृत्त चिकित्सक जसलाई सरकारले संक्रमणको महामारीमा सघाउन आह्वान गरेको थियो । मृत्यु हुनेका भर्खरै सेवा सुरू गरेको युवा चिकित्सकसमेत रहेका छन् । इटलीमा कोभिड–१९ को संक्रमणबाट बिहीबार यो समाचार तयार पार्दासम्म १७ हजार ६६९ व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

इटलीका सञ्चारमाध्यमले संक्रमणबाट ३० जना परिचारिका (नर्स) र अन्य स्वास्थ्य सहयोगीको मृत्यु भएको अनुमान गरेका समाचारहरू बाहिरिएका छन् । ‘हामीले लामो समयसम्म हाम्रा चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बिना नै कोभिड–१९ को महामारी नियन्त्रणका लागि कार्यक्षेत्रमा पठाउन बाध्य भयौँ । त्यसैले हामीले कर्तब्य पालनाका शिलशिलामा धेरै सहकर्मीलाई गुमाउनु परेको हो ।’ संस्थाका प्रमुख फिलिप्पो एनेलीले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख गरेका छन ।

उनले भने, ‘यो कोरोनाविरूद्धको संघर्षमा हामी चुकेको क्षण हो ।’ रोमको जनस्वास्थ्य संस्था (आईएसएस) का अनुसार करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरू कोरोना भाइरसबाट संक्रमित रहेका अनुमान छ । (रासस-एएफपी)

प्रतिक्रिया दिनुहोस्