काठमाडौं । अनलाईन भुक्तानी सेवा स्क्वायर र ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले कोरोना भाईरसको विश्व महामारी विरुद्धको कोषमा १ अर्ब डलर सहयोग गरेका छन् ।
मंगलबार उनले आफ्नो ट्विटर ह्यान्डलमा ट्विट गर्दै कोरोना भाईरस विरुद्धमा लड्नका लागि आफ्नो स्क्वायर कम्पनीको कुल सम्पत्तीको २८ प्रतिशत कोषमा जम्मा गर्ने बताएका हुन । उनले आफनो स्टार्ट स्माल कम्पनीमा उक्त रकम दान गर्ने र सोही अनुसार सक्दो रकम कोरोना भाईरस विरुद्ध खर्चपछि महिलाको स्वास्थ्यका लागि खर्च गर्ने बताएका छन् ।
उनले आफुले दान गरेको रकम पारदर्शी ढंगले खर्च गर्ने समेत उल्लेख गरेका छन । उनको हालको सम्पत्ती ३ दशमलव ३ बिलियन डलर भएको फोबर््सले जानकारी दिएको छ । उनले आफ्नो कम्पनी स्क्वायरबाट उक्त रकम दान गर्ने बताएका हुन । एजेन्सीको सहयोगमा