Logo

विपतमा दुश्मनी भूल्दैं अमेरिकालाई चीनले दियो १ हजार थान भेन्टिलेटर सहयोग, अमेरिकाले भन्यो–‘धन्यबाद’

विपतमा दुश्मनी भूल्दैं अमेरिकालाई चीनले दियो १ हजार थान भेन्टिलेटर सहयोग, अमेरिकाले भन्यो–‘धन्यबाद’



काठमाडौं । अमेरिका र चीन विश्वका प्रमुख दुई शक्ति राष्ट्र मात्र हैनन् । मुख्य दुश्मन पनि हुन् व्यापरदेखि शक्तिसम्मको होडमा । पछिल्लो समय यी दुई राष्ट्रबीच व्यापार युद्ध चलिरहेको छ । तर, यसैबीच चीनबाट शुरु भएको विश्वव्यापी महामारी बनेको कोरोना संक्रमणको महाव्याधिका कारण अमेरिका असहले अस्तव्यस्त बनेको छ ।

यस्तो अवस्थामा आफ्नो अमेरिाकासँगको दुश्मनी भूल्दै चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ । यी भेन्टिलेटर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा प्रयोग गरिनेछन् ।

न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन् । चीनबाट पठाइएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि अहिलेसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले जनाएको छ ।

सीएनएनका अनुसार न्युयोर्क सिटीमा संक्रमणदर उच्च भएको छ । पछिल्लो तथ्यांक अनुसार, त्यहाँ १ लाख १३ हजार मानिस कोरोना भाइरसको संक्रमित भएका छन् । अहिलेसम्म अमेरिकामा मृत्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी मानिस न्युयोर्क राज्यकै छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL