Logo

कोरोना महामारीको चेतावनी दिने डाक्टरलाई चीनले गर्यो सहिद घोषणा, शनिवार शोकसभा

कोरोना महामारीको चेतावनी दिने डाक्टरलाई चीनले गर्यो सहिद घोषणा, शनिवार शोकसभा



काठमाडौं । चीनको मन्त्रिपरिषदले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएका नागरिकको सम्झानामा शनिबार शोक मनाउने निर्णय गरेको छ । चीनको मन्त्रिपरिषद्ले कोरोना भाइरसबाट ज्यान गुमाउने ३ हजार ३२२ जना नागरिकको सम्झनामा शोक मनाउने निर्णय गरेको हो ।

शनिबार चिनियाँ पर्व चिङमिङको अवसरमा बिहान १० बजे ३ मिनेट मौनधारण गर्नुका साथै गाडी र डुंगा चालकहरूलाई आफ्नो सवारीको हर्न बजाउन निर्देशन समेत दिएको छ ।

भोली चीनभित्र र उसका बाहिरका कूटनीतिक नियोगहरूमा चिनियाँ झन्डा आधा झुकाइने छ । २००८ मेको सिचुवान प्रान्तको भुइँचालो, २०१० अप्रिलको युसु भुइँचालो र २०१० अगस्ट २०१० को गान्सुको पहिरोमा परी ज्यान गुमाउनेको सम्झनामा पनि यसरी नै शोक मनाइएको थियो ।

यसैबीच चीन सरकारले कोरोना भाइरसको महामारीको चेतावनी दिने डाक्टरलाई सहिद घोषणा गरेको छ । डाक्टर ली वेनलियाङले डिसेम्बरको अन्त्यतिर नै कोरोना भाइरसले महामारीको रूप लिने चेतावनी दिएका थिए ।

उक्त चेतावनीपछि प्रहरीले उनलाई हिरासतमा लिएर केरकार गरेको थियो । पछि बिरामीको उपचारमा खटिएका लीको गत फेब्रुअरिमा कोरोनाकै कारण मृत्यु भएको थियो । उनीसँगै अरू १३ जनालाई पनि सहिद घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL