Logo

कोरोनाको संकट दोस्रो विश्वयुद्ध पछिकै ठूलो चुनौती, २५ करोडको रोजगार गुम्न सक्छ : संयुक्त राष्ट्रसंघ

कोरोनाको संकट दोस्रो विश्वयुद्ध पछिकै ठूलो चुनौती, २५ करोडको रोजगार गुम्न सक्छ : संयुक्त राष्ट्रसंघ



काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना महामारीको संकट दोस्रो विश्वयुद्ध पछिकै ठूलो चुनौती रहेको बताएका छन् । कोरोना महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको प्रक्षेपणको विषयमा रिपोर्ट सार्वजनिक गर्दै उनंले अहिलेको संकटले विगतमा नआएको मन्दी ल्याउन सक्ने चेतावनी दिए ।

महासचिव गुटरेसले कोरोना भाइरसले समाजलाई आक्रमण गरिरहेको भन्दै अहिले विश्वलाई एकताको खाँचो रहेकोमा जोड दिए । तत्काल समन्वयात्मक स्वास्थ्य सेवाको प्रवाहबाट मात्र महामारी अन्त्य गर्न सकिने उनको भनाई थियो ।

महासचिव गुटरेसले कोभिड नाइन्टिन,संयुक्त राष्ट्रसंघको गठन भएदेखि कै सामना गर्नु परेको सबैभन्दा ठूलो परीक्षा भएको उल्लेख गरे ।

कम विकसित र सम्भावित रोगको महामारी सामान गर्नु डढेलो जस्तो भएकाले औद्योगिक राष्ट्रहरुले उनीहरुलाई सहयोग गर्न आग्रह गरे । राष्ट्रसंघको रिपोर्टले कोरोनाको प्रकोपका कारण विश्वभर २५ करोडले रोजगार गुमाउने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL