Logo

कोरोना संक्रमण रोक्न रुसको कडा कदम : क्वारेन्टाइन तोड्नेलाई ७ र अफवाह फैलाउनेलाई ५ वर्ष जेल

कोरोना संक्रमण रोक्न रुसको कडा कदम : क्वारेन्टाइन तोड्नेलाई ७ र अफवाह फैलाउनेलाई ५ वर्ष जेल



काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकन रुसले कडा कदम चालेको छ । संक्रमण बढ्दै गएपछि रुसको संसदले क्वरेन्टाइन लागू गराउन कडा कानुन पारित गरेको छ।

‘एन्टी भाइरस’ भनिने गरिएको ती कानुनमा क्वारन्टिनको नियम उल्लंघन गर्नेलाई ७ वर्षसम्म जेल सजायको व्यवस्था छ। सो कानुनअनुसार कसैले क्वारन्टिन उल्लंघन गर्दा त्यसको नतिजास्वरुप भाइरसबाट कसैको ज्यान गएको पुष्टि भए त्यस्ता व्यक्तिलाई ७ वर्ष जेल हालिनेछ।

महामारीबारे झुठा समाचार फैलाए ५ वर्ष जेलको व्यवस्था छ। त्यस्तै घरभित्र बस्ने आदेश उल्लंघन गरे चर्को जरिवाना समेत लगाइने छ। रुसमा हालसम्म २ हजार ३ सय ३७ जना संक्रमित भएका छन् भने १७ जनाको ज्यान गएको छ।

कोरोना भाइरस संक्रमितको उपचार गरिरहेको मस्कोको मुख्य अस्पतालका प्रमुख डेनिस प्रोत्सेन्को पनि मंगलबार संक्रमित भएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL