Logo

युरोपेली केन्द्रीय बैंकले ७५० अर्ब युरोको बन्ड खरिद गर्ने, अप्रिल ३० सम्म प्रिमियर लिग फुटबल नहुने

युरोपेली केन्द्रीय बैंकले ७५० अर्ब युरोको बन्ड खरिद गर्ने, अप्रिल ३० सम्म प्रिमियर लिग फुटबल नहुने



काठमाडौं । कोरोना भाईरसको महामारीसँगै सेयर बजारमा छाएको मन्दीबाट सिर्जित समस्या सुल्झाउन नीति निर्माताहरूले यस हप्ता विभिन्न उपायहरुमाथि विचारविमर्श थालेका छन् । युरोपेली केन्द्रीय बैंकले ७५० अर्ब युरोको बन्ड खरिद गर्ने योजना अघि सारेको छ ।

संयुक्त राज्य अमेरिकामा अर्थमन्त्री स्टिभन मन्चिनले कंग्रेस समक्ष १ ट्रिलियन डलरको आपतकालीन प्रोत्साहन प्याकेज पारित गर्न आग्रह गरेका छन । विश्वको सेयर बजार निरन्तर ओरालो लागेको छ ।

अफ्रिकाका विभिन्न मुलुकमा कोरोनाभाइरसका बिरामी देखिएसँगै स्कुलहरु बन्द गरिएका छन् भने सीमा क्षेत्रमा मानिसको आवातजावतलाई थप कडा पारिएको छ ।

रसियामा पनि पहिलोपटक एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अष्ट्रेलिया र न्यूजील्याण्डले गैर–बासिन्दाको आगमनमा प्रतिबन्ध लगाएको छ भने दुबै मुलुकले संक्रमण नियन्त्रणमा अझ कडा कदमहरु चालेका छन् ।

यसैबीच, बिहीबार ग्रीसले ओलम्पिक ज्वाला टोकियो २०२० का आयोजकहरूलाई हस्तान्तरण गरेको छ जबकि इङलिस प्रिमियर लिग फुटबलका खेलहरु कम्तिमा आगामी अप्रिल ३० सम्म नगर्ने घोषणा गरिएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्