Logo

कोरोनाबाट विश्वभरीमा ८ हजार ९७० को मृत्यु, १६७ देशमा संक्रमण (अपडेट)

कोरोनाबाट विश्वभरीमा ८ हजार ९७० को मृत्यु, १६७ देशमा संक्रमण (अपडेट)



काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्ममा विश्वभर ८ हजार ९ सय ७० व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरी २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २४ हजार ६११ व्यक्ति हाल सङ्क्रमित रहेको छ भने कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परिसकेको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्