Logo

चीनमा जनजीवन सामान्य बन्दै, सांघाईका मुख्य पर्यटकीय स्थान खुला

चीनमा जनजीवन सामान्य बन्दै, सांघाईका मुख्य पर्यटकीय स्थान खुला



काठमाडौं । चीनको सांघाईमा रहेका ६९ वटा मुख्य पर्यटकीय आकर्षणका स्थानहरु सञ्चालनमा आएका छन् । स्थानीय अधिकारीहरुका अनुसार नयाँ कोरोनाभाइरसको प्रभाव मत्थर भएसँगै पर्यटकीय केन्द्रहरु सर्वसाधारणका लागि खुला गरिएको हो ।

सांघाई वन्यजन्तु निकुञ्ज सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । महानगरीय संस्कृति तथा पर्यटन ब्युरोका अनुसार सांघाईमा क वर्गका ११३ वटा उत्कृष्ट पर्यटकीय केन्द्रहरु रहेका छन् र तीमध्ये ९ वटा पुनर्निर्माणको चरणमा छन् ।

फेब्रुअरिको अन्त्यदेखि महामारीको स्वरुप लिएको कोरोनाभाइरसका कारण सांघाई महानगरले आमजनताको सुरक्षाका लागि ३० वटा विभिन्न उपायहरु अबलम्बन गरेको थियो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्