Logo

परोपकारी काममा केन्द्रित हुने घोषणा गर्दै बिल गेट्सले छोडे माइक्रोसफ्टको बोर्ड

परोपकारी काममा केन्द्रित हुने घोषणा गर्दै बिल गेट्सले छोडे माइक्रोसफ्टको बोर्ड



काठमाडौं । माइक्रोसफ्टका को-फाउन्डर बिल गेट्सले कम्पनीको बोर्डबाट राजीनामा दिएका छन् । गेट्सले परोपकारी काममा थप संलग्न हुन भन्दै माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएको बताएका छन् ।

उनले विश्वमा स्वास्थ्य, विकास, शिक्षा र जलवायु परिवर्तनविरुद्ध लड्न बढी केन्द्रित हुने बताएका छन् । ६५ बर्षिय विश्वकै धनि गेट्सले वारेन बाफेटको होल्डिंग कम्पनी बेर्कशायर हाथवेको बोर्डबाट समेत राजीनामा दिएका छन् ।

गेट्सले माइक्रोसफ्टको दैनिक जिम्मेवारीबाट २००८ मा नै राजीनामा दिएका थिए । गेट्स अहिले विश्वका धनी अमेजनका फाउन्डर जेफ बेजोसपछि दोस्रो स्थानमा रहेका छन् ।

उनको अहिलेको सम्पति १०३ दशमलव ६ बिलियन डलर रहेको अनुमान छ । उनले पर्सनल कम्युटरको सफ्टवेयर बनाएर प्रबिधि क्षेत्रमै नयाँ क्रान्ति ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL