Logo

विश्व स्वास्थ्य संगठनद्धारा कोरोना विश्वव्यापी महामारी घोषणा, लापरवाही गरे ठूलो नोक्सानी बेहोर्नुपर्ने चेतावनी

विश्व स्वास्थ्य संगठनद्धारा कोरोना विश्वव्यापी महामारी घोषणा, लापरवाही गरे ठूलो नोक्सानी बेहोर्नुपर्ने चेतावनी



काठमाडौँ । कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको घोषणा गरेको छ । संगठनका प्रमुख ट्रेडोस घेब्रेयसीसले कोरोना संक्रमणलाई विश्वव्यापी महामारी भएको बताएका छन् । उनले एक भाइरसले विश्वभर यस्तो महामारी बनाउछ भन्ने यस अघि नदेखिएको उनले बताएका छन् ।

उनले महामारी शब्दलाई हल्का रुपले लिन नहुने भन्दै यसमा लापरवाही गरे ठूलो नोक्सानी बेहोर्नु पर्ने ट्रेडोसले चेतावनी दिएका छन् । संगठनका आपतकालीन प्रमुख डा। माइक रियानले यो महामारी चीन, इटाली र इरानजस्तो अवस्थामा अन्य देश पनि पर्ने चेतावनी समेत दिएका छन् । अहिले चीनपछि इरान र इटालीमा कोरोनाको संक्रमण बढी देखिएको भन्दै उनले यस्तो अवस्था अन्य देशमा समेत आउन सक्ने बताए ।

विश्वभर कोरोनाको संक्रमण एक लाख १५ हजार भन्दा बढीमा देखिएको र करिब ४४ सयको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १२ देशमा कोरोनाको संक्रमण देखिएको छ भने तिब्र गतिमा फैलिने क्रम जारी रहेको छ । कोरोनाको इपिसेन्टर मानिएको चीनमा कोरोना नियन्त्रण उन्मुख रहेपनि एशियाका अन्य देश, युरोप र अमेरिकामा तिब्र गतिमा फैलिरहेको छ ।

चीनपछि इटालीमा कोरोनाको असर बढी देखिएको छ । पछिल्लो २४ घन्टामा इटालीमा १९६ जनाले ज्यान गुमाएका छन् भने अहिलेसम्म मृत्यु हुनेको संख्या ८२७ पुगेको छ । त्यस्तै इरानमा ३५४, कोरियामा ६१, स्पेनमा ५४, फ्रान्समा ४८, अमेरिकामा ३७, जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL