Logo

बेलायतकी स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण, घरमै सेल्फ आइसोलेसनमा बसिन

बेलायतकी स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण, घरमै सेल्फ आइसोलेसनमा बसिन



काठमाडौँ । बेलायतकी जुनियर स्वास्थ्य मन्त्री नादिने डोर्रिज कोरोना भाइरसको संक्रमणमा परेकी छन् । बिबिसीका अनुसार कन्जरभेटिभ पार्टीकी नेतृ डोर्रिज बेलयातमा कोरोनाको संक्रमणमा परेकी पहिलो मन्त्री तथा सांसद हुन् ।

यस अघि फ्रान्सका संस्कृति मन्त्री र ५ सांसद कोरोनाको संक्रमणमा परेका थिए । कोरोना संक्रमण पोजेटिभ देखिएपछि मन्त्री डोर्रिज घरमै सेल्फ आइसोलेसनमा रहेको बिबिसीले जनाएको छ ।

बेलायतमा कोरोनाको संक्रमणबाट अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ३८२ जना संक्रमणमा परेका छन् । डोर्रिजले ट्वीट गर्दै आफु यसबाट बाहिर निस्किने बताएकी छन् ।

उनले आफु आफ्नो ८४ बर्षिय आमाको बारेमा चिन्तित भएको बताएकी छन् । उनले आफ्नी आमा मंगलबारदेखि खोक्न थालेको समेत बताएकी छन् । मन्त्रीलाई नै कोरोना संक्रमण भएपछि बेलायतका अन्य मन्त्री तथा सांसदहरु समेत ससंकित बनेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL