Logo

जापानको आँधीमा ३६ को मृत्यु, उद्धारको लागि ३१ हजार सेना प्रहरी परिचालन

जापानको आँधीमा ३६ को मृत्यु, उद्धारको लागि ३१ हजार सेना प्रहरी परिचालन



काठमाडौं । जापानमा आएको ‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण ३६ जनाको मृत्यु भएको छ ।

यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना समेत परिचालन गरिएको छ ।

आँधीको कारण १७ जना हराइरहेका छन भने १ सय भन्दा बढी घाईते भएको क्योदो समाचार समितिले जानकारी दिएको छ । घाइतेहरुको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

आँधीका कारण विभिन्न स्थानमा पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् । आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता समेत स्थगित भएको छ ।

आँधीका कारण ३ खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकले जानकारी दिएको छ ।

आँधीबाट घाईते तथा अन्यको उद्दारको लागि सेना प्रहरी तथा दमकलकर्मीहरू संचालित छन । जापानको रक्षा मन्त्रालयले सोमबार बिहानसम्म करिब ३१ हजार जनालाई उद्धार अभियान सञ्चालन गर्नका लागि परिचालन गरिएको जानकारी दिएको छ ।

आइतबार बिहानदेखि आँधीको वेगमा कमी आएको छ । तर मध्य जापानको नागानोमा भने बाढीको खतरा देखिएको छ । नागानोस्थित छिकुमा नदीको पानी वस्ती भित्र पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीले बताएका थिए ।

जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसले घरका झ्याल र बाल्कोनीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ ।

नागानोमा एउटा बुलेट ट्रेन माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनले आइतबारनै प्रसारण गरेको थियो/रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्