Logo

अमेरिकी राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आबेबीच भेट, दुई देशबीच दिर्घकालिन ब्यापार सम्झौता

अमेरिकी राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आबेबीच भेट, दुई देशबीच दिर्घकालिन ब्यापार सम्झौता



काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जे आबेबीच अमेरिकामा भेटवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा शुक्रबार भएको भेटवार्तामा उनीहरुले दुई पक्षीय हित, व्यापार तथा अन्य विविध विषयमा छलफल गरेका छन ।

उनीहरुबीच भेटवार्ता हुनु अगाडी ट्रम्प र आबेले पत्रकारहरुसँगको कुराकानीमा व्यापार सम्झौताको तयारी भएको बताएका थिए । त्यसैका लागि जापानी प्रधानमन्त्री आबे ह्वाईट हाउस आएको उनीहरुको भनाई थियो ।

ट्रम्पले वासिङ्टन र टोकियोबीच विगतको सम्वन्धमा थप सुधार गर्दै दिर्घकालिन सम्झौता हुन लागेको पनि बताएका थिए । विश्वका प्रभावशाली दुई देशका यी शिर्ष नेताबीच सिमा शुल्कका बारेमा भने अहिले पनि मतान्तर नै रहेको छ ।

चीनमा विश्व नेताहरुको सम्मेलन भइरहेका बेला भएको ट्रम्प र आबेको भेटवार्तालाई विश्वभरी नै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL