Logo

शान्ती स्थापनाका लागि छिमेकी देशसँग भेनेजुएलाले माग्यो सहयोग

शान्ती स्थापनाका लागि छिमेकी देशसँग भेनेजुएलाले माग्यो सहयोग



काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना सहयोगी र छिमेकी देशहरुलाई देशमा शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गरेका छन ।

आफ्ना समर्थकहरुलाई शनिबार राजधानी काराकासमा सम्बोधन गर्दै उनले मेक्सिको, बोलिभिया, उजुग्वे र क्यारेबियन देशहरुलाई वार्ताका लागि सहजीकरण गरिदिन र शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गरेका हुन ।

‘हाम्रा सहयोगी र समर्थकहरुलाई हाम्रो देशको राजनीतिक संकट अन्त्यका लागि सहयोगी भूमिका खेल्न हामी आग्रह गर्दछौँ,’ उनले भने । उनले भेनेजुएलाको हितका लागि विपक्षीसँग वार्ता, लचकता र सम्झौता गर्न आफू तयार रहेको पनि जानकारी दिएका छन ।

‘आउनु होस, वार्ताको टेबुलमा बसौँ, एकअर्काप्रतिको आक्रमण बन्द गरौँ,’ मदुरोले भने । उनले राजनीतिक परिवक्वता देखाउन र राष्ट्रिय चासोको ख्याल गर्न पनि विपक्षीहरुलाई आग्रह गरेका छन ।

भेनेजुएलाको सत्तारुढ दल युनाइटेड सोसलिष्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) र विपक्षी दलले राजधानी कारकासमा गत शनिबार छुट्टा छुट्टै कार्यक्रम गरेका थिए ।

विपक्षी दलको बहुमत रहेको राष्ट्रिय सभाका अध्यक्ष समेत रहेका गुएइदोले आफूलाई राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक सङ्कट चर्किएको छ ।राससएएफपी

प्रतिक्रिया दिनुहोस्