Logo

चौतर्फी विरोध भएपछि अल्जेरियाका राष्ट्रपतिले राजिनामा दिँदै, ९० दिनभित्र राष्ट्रपतीको चुनाव

चौतर्फी विरोध भएपछि अल्जेरियाका राष्ट्रपतिले राजिनामा दिँदै, ९० दिनभित्र राष्ट्रपतीको चुनाव



काठमाडौं । बुढ्यौलीका कारण अशक्त अवस्थामा पुगेका अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले आगामी अप्रिल २८ अघि नै राजीनामा दिने तयारी गरेका छन ।

अशक्तताका कारण सार्वजनिक समारोहमा समेत उपस्थित हुन छाडेका ८२ वर्षीय राष्ट्रपति अब्देलाजीजले राजीनामा गर्नुपर्ने माग गर्दै केही समयदेखि देशव्यापी विरोध प्रदर्शन समेत भएका छन् ।

देशव्यापी प्रदर्शन बढ्दै गएपछि राष्ट्रपतिका विश्वासपात्र उच्च पदस्थ व्यक्तिहरुले समेत राजीनामा दिएका छन् । विगत २० वर्षदेखि अल्जेरियाको राष्ट्रपति रहेका अब्देलाजीजलाई सन् २०१३ मा हृदयाघात समेत भएको थियो ।

‘केही महत्वपूर्ण निर्णयहरु’ गरेपछि राष्ट्रतिले राजीनामा गर्नेछन, अब्देलाजीजको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । तर राष्ट्रपतिले के निर्णय गर्न खाजेका हुन भन्ने केही खुलाइएको छैन ।

राष्ट्रपति अब्देलाजीजले गत फेब्रुअरीमा आफू पुनः राष्ट्रपतिमा उठ्न सक्ने बताएपछि छन ।
तर राष्ट्रपतिले गत महिना राष्ट्रपतिमा नउठ्ने घोषणा गरे तर अप्रिलका लागि तयारी गरिएको राष्ट्रपतिको चुनाव एकाएक स्थगित गरेका छन । चुनाव स्थगित गरिएपछि राष्ट्रपतिमाथिको आक्रोश अझ बढेको छ ।

गत मङ्गलबार अल्जेरियाका सेनाप्रमुख जनरल अहमद सलाहले राष्ट्रपति स्वयंले राजीनामा गर्नुपर्ने अथवा संसदले राष्ट्रपतिलाई विस्थापित गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । सेनाप्रमुख सलाहलाई सन् २००४ मा राष्ट्रपति अब्देलाजीजले नै नियुक्त गरेका थिए ।

गत बुधबार हालै मात्र हटाइएका प्रधानमन्त्री अहमद औहाइयाले पनि राष्ट्रपतिको राजीनामा माग गरेका छन ।

अल्जेरियाको संविधान अनुसार राष्ट्रपतिले राजीनामा बुझाएको अवस्थामा राष्ट्रियसभाका सभामुखले अन्तरिम राष्ट्रपतिका रुपमा कार्य गर्न सक्नेछन । अन्तरिम राष्ट्रपतिले ९० दिनभित्र राट्रपतिको चुनाव गराउनुपर्नेछ ।राससएएफपी

प्रतिक्रिया दिनुहोस्