Logo

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त, पाईलट सकुशल

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त, पाईलट सकुशल



काठमाडौं । भारतीय वायुसेनाको मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा दुर्घटना भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमान आइतबार विहान दुर्घटना भएको भारतीय सेनाले जानकारी दिएको छ ।

विमान दुर्घटनाग्रस्त भए पनि पाइलट भने सकुशल रहेको सेनाले जानकारी दिएको छ । सेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ । जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग–२७ विमानमा इन्जिनमा खराबी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत मार्च ८ मा पनि राजस्थानको बिकानेर इलाकामा मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो ।

रुसमा निर्मित मिग लडाकू विमानहरु एकपछि अर्को दुर्घटना हुने गरेका छन् । गत फेब्रुअरी १ मा रुसमा निर्मित मिराज २००० लडाकू विमान पनि दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा दुबै पाइलटको ज्यान गएको थियो ।

यसैगरी गत फेब्रुअरी १२ मा राजस्थानकै पोखरण क्षेत्र नजिक मिग–२७ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो ।

भारतमा फ्रान्समा निर्मित राफेल समेतका नयाँ मोडेलका लडाकू विमानहरु भित्र्याउन पहल गरिए पनि त्यो सफल हुन सकेको छैन / रासस

प्रतिक्रिया दिनुहोस्
MBL