Logo

फ्रान्सको व्यापार घाटा ४२ अर्ब यूरो, पेट्रोलियम पदार्थ र गाडीजन्य सामग्रीको निर्यात न्युन

फ्रान्सको व्यापार घाटा ४२ अर्ब यूरो, पेट्रोलियम पदार्थ र गाडीजन्य सामग्रीको निर्यात न्युन



काठमाडौं । फ्रान्सको व्यापार घाटा सन् २०१८ को डिसेम्बरको तुलनामा सन् २०१९ को जनवरी महिनामा ४ अर्ब दुई करोड यूरो (४ अर्ब ७१ करोड अमेरिकी डलर) ले बढेको यहाँको राजस्व विभागले शुक्रबार जानकारी दिएको छ ।

जनवरी महिनामा देखिएको थप व्यापार घाटासँगै फ्रान्सको व्यापार घाटा १६ दशमलब ७ प्रतिशत पुगेको छ । यो समयमा विदेशमा गरिने निर्यातमा करिब १ प्रतिशतले कमी आउँदा ४२ अर्ब पाँच करोड यूरो बराबरको घाटा भएको हो ।

निर्यातमा आएको कमीका लागि प्रशोधित पेट्रोलियम पदार्थ, गाडीजन्य सामग्रीको उत्पादन साथै गरगहना निर्यातमा आएको कमी जिम्मेवार रहेको केन्द्रीय भन्सार सेवा विभागले जानकारी दिएको छ ।

फ्रान्सको विमानजन्य सागग्रीको निर्यातमा पनि यस बर्ष कमी आएको बताइएको छ । भन्सारको तथ्याङ्क अनुसार फ्रान्सले गत बर्षको डिसेम्बरमा ४३ विमानको विक्रीबाट ३ अर्ब ३० करोड यूरो बराबर आम्दानी गरेकामा जनवरीमा जम्मा २२ वटा विमानको विक्री भएको र यसबाट २ अर्ब १० करोड यूरो आम्दानी गरेको देखिएको छ / रासस

प्रतिक्रिया दिनुहोस्