Logo

नाइजेरियामा तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु, आयातकर्ता कम्पनीले लिएनन् जिम्मेवारी

नाइजेरियामा तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु, आयातकर्ता कम्पनीले लिएनन् जिम्मेवारी



काठमाडौं । नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको न्यान गएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन भएपछि आगलागी हुनुका साथै धुँवा समेत उठेको अधिकारीहरुले बताएका छन् ।

सो पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै पनि कम्पनीले घटनाका बारेमा कुनै जिम्मेबारी भने लिएका छैनन् । घटनामा परी कति संख्यामा घाइते भएका छन सो संख्या भन्ने यकिन नभएको बताइएको छ ।

नाइजेरियामा पेट्रोलियम पदार्थको पाइपलाइन विस्फोटन भएर मृत्यु हुने घटना बेला बेलामा हुने गरेका छन । अहिले घटना भएकै ठाउँमा यसअघि सयौँको मृत्यु भएको थियो । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्
MBL