Logo

श्रीलङ्काको आर्थिक वृद्धि १७ बर्षकै सबैभन्दा कमजोर, २०१८ को आर्थिक वृद्धिदर ३.० प्रतिशत

श्रीलङ्काको आर्थिक वृद्धि १७ बर्षकै सबैभन्दा कमजोर, २०१८ को आर्थिक वृद्धिदर ३.० प्रतिशत



काठमाडौं । श्रीलङ्काको गत बर्षको राजनीतिक सङ्कटका कारण अर्थतन्त्रमा विगत १७ बर्ष यताकै कमजोर अवस्थामा पुगेको केन्द्रीय बैंकले शुक्रबार जानकारी दिएको छ ।

सन् २०१८ का लागि ५ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरिएको भएपनि राष्ट्रपति तथा प्रधानमन्त्रीबीचको राजनीतिक छिनाझपटीका कारण मुलुकको अर्थतन्त्रमा व्यापक असर परेको र आर्थिक वृद्धिदर ३ दशमलब ० प्रतिशतमा झरेको श्रीलङ्काका केन्द्रीय बैंकका गभर्नर इन्द्रजीत कूमारास्वामीले बताएका छन ।

राष्ट्रपति मैत्रीपाला सिरीसेनाले प्रधानमन्त्री रनिल विक्रमेसिंघेलाई गत अक्टोबरमा बर्खास्त गरी संसदको विघटन गर्ने निर्णयका कारण श्रीलङ्कामा गत बर्ष केही समय अन्यौल छाएको थियो । यद्यपि सिरिसेनाको कदमलाई बल दिन संसदमा बहुमत नहुँदा विक्रमेसिंघे पुनः प्रधानमन्त्री बनेका हुन ।

संसदले राष्ट्रपतिको कदमलाई अनुमोदन नगरेपछि श्रीलङ्काको अदालतले डिसेम्बरमा सिरिसेनाको कदमलाई असंबैधानिक तथा गैरकानूनी भन्दै विक्रमासिंघेलाई फिर्ता गर्न आदेश गरेको थियो ।
वैदेशिक पूँजीको अवस्था गत बर्षको तुलनामा राम्रो बन्दै गएको र राजनीतिक स्थायित्व पनि देखिएकाले सन् २०१९ मा आर्थिक वृद्धिदर पहिलेको अवस्थामा पुग्ने अनुमान रहेको बैंकका गभर्नर कूमारास्वामील बताए ।

‘समग्रमा यो बर्ष हामी राम्रो स्थानमा छौँ’, उनले भने, ‘यो बर्ष हुने राष्ट्रपतीय निर्वाचनमा जनतालाई प्रलोभनमा पार्न ल्याइने कार्यक्रमले आर्थिक वृद्धिदरलाई खस्काउन पनि सक्ने अवस्था आउन सक्छ ।’

श्रीलङ्काले वैदेशिक ऋण लिन चाहेपनि यहाँको जटिल अवस्थाका कारण ऋण योजना विफल बनेको थियो । सरकारले सन् २०१६ देखि सुरू भएको ३ बर्षे १ अर्ब ५० करोड अमेरिकी डलरको कर्जा कार्यक्रमलाई व्युताउन वार्ता सुरू गरेपनि अन्तराष्ट्रिय मुद्रा कोषका स्थगित कार्यक्रमहरूलाई ल्याउन श्रीलङ्का प्रयासरत छ ।

सन् २००१ मा तत्कालिन तमिल विद्रोहीले आधादर्जन श्रीलङ्काको अन्तराष्ट्रिय विमानस्थलमा आक्रमण गरी करिब आधा दर्जज विमानलाई क्षति पुर्याए पछि पर्यटन क्षेत्रमा परेको प्रभावका कारण श्रीलङ्काको आर्थिक वृद्धिदर १.२५ प्रतिशतमा खुम्चिएको थियो ।

तर तामिल आन्दोलनको अन्त्यसँगै सन् २००९ पछि अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको थियो जुन गत बर्षको राजनीतिक खिचातानीका कारण पुनः खुम्चिएको छ /रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL