Logo

ब्लुमबर्गले दिए अमेरिकाकै ठुलो चन्दा रकम, विद्यार्थिलाई छात्रवृत्ती दिने

ब्लुमबर्गले दिए अमेरिकाकै ठुलो चन्दा रकम, विद्यार्थिलाई छात्रवृत्ती दिने



काठमाडौं । संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले एक विश्वविद्यालयलाई अमेरिकी ईतिहाँसमै हालसम्मकै ठुलो चन्दा रकम दिएका छन । सहयोग गरेका छन । उनले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई १ अर्ब ८० करोड डलर दान दिएका हुन । यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले जानकारी दिएका छन ।

बाल्टीमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि उक्त रकम विद्यार्थीलाई उपलब्ध गराइने जनाएको छ । अमेरिकी इतिहासमा कुनै विश्वविद्यालयले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो चन्दा रकम हो । विश्वविद्यालयले विद्यार्थीलाई छात्रवृत्तिका रुपमा रकम उपलब्ध गराउने स्पष्ट गरेको छ, र यस्तो रकम विद्यार्थीले पुनः भुक्तानी गर्नुपर्ने छैन ।

ब्लुमबर्गले जारी गरेको वक्तव्यमा “विश्वविद्यालयलाई एउटा उपहार दिएको” बताएका छन । अमेरिकाको सुप्रसिद्ध यो विश्वविद्यालय बाल्टीमोरका एकजना व्यापारी जोन्स हप्किन्सले उपलब्ध गराएको ७० लाख अमेरिकी डलरबाट सन् १८७६ मा स्थापना भएको थियो ।

ब्लुमबर्ग एलपी का संस्थापक ७६ वर्षीय माइकल ब्लुमबर्ग विश्वकै सर्वा्धिक धनी व्यक्तिको सूचीमा छन । उनले जोन्स हप्किन्सबाट सन् १९६४ मा स्नातक गरका थिए । उनी सन् २००२ देखि २०१३ सम्म न्यूयोर्क सहरको मेयर हुनुका साथै अमेरिकी राष्ट्रपतिका सम्भाव्य उम्मेदवारमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL